एनपीएल यसपटक फ्लडलाइटमा, सिजनको पहिलो खेल जनकपुर र काठमाडौँबीच हुने

हिमाल प्रेस २५ कार्तिक २०८२ ६:५०
6
SHARES
एनपीएल यसपटक फ्लडलाइटमा, सिजनको पहिलो खेल जनकपुर र काठमाडौँबीच हुने

काठमाडौँ- आसन्न नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको खेलतालिका सार्वजनिक गरेको हो।

मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो सिजनको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ । पहिलो खेलसहित लिग चरणका १९ खेल फ्लडलाइटमा खेलाइनेछ।

लिग चरणका खेलहरु मसिंर २१ सम्म चल्नेछन्। त्यसपछि क्वालिफायर र इलिमिनेटरका दुई खेल अनि फाइनल हुनेछ । यी सबै खेल पनि फ्लडलाइटमा हुनेछन्।

प्रकाशित: २५ कार्तिक २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast