यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस १९ कार्तिक २०८२ १०:४०
16
SHARES
यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

यूएईस्थित आईसीसी एकेडेमीमा हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो।

दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

लिग–२ को तालिकामा अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ। यूएई ८ अंक जोडेर पुछारमा छ।

प्रकाशित: १९ कार्तिक २०८२ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast