झापामा बस दुर्घटनामा एकको मृत्यु, २१ घाइते

हिमाल प्रेस १२ कार्तिक २०८२ ८:१२ | Wednesday, October 29, 2025
झापामा बस दुर्घटनामा एकको मृत्यु, २१ घाइते

काठमाडौँ- झापाको दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। दमक नगरपालिका-२ पांगिनी चोकस्थित भित्री सडक खण्डमा गएराति बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

राति १२ बजेतिर दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा. २ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३५ जना सवार रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भिम बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय भक्त बहादुर दर्जी पक्राउ परेका छन्।

खरखरे अस्पतालमा उपचार गराइरहेका घाइतेमध्ये २० जना उपचारपछि आज बिहान डिस्चार्ज भएका छन् भने १७ वर्षीय सपना श्रेष्ठको अहिले पनि उपचार जारी छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

 

प्रकाशित: १२ कार्तिक २०८२ ८:१२ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast