जनकपुर बोल्ट्सले फेर्‍यो प्रशिक्षक, पुबुदुका ठाउँमा शिवनारायण

हिमाल प्रेस २७ असोज २०८२ ११:४२ | Monday, October 13, 2025
जनकपुर बोल्ट्सले फेर्‍यो प्रशिक्षक, पुबुदुका ठाउँमा शिवनारायण

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि साविक विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका क्रिकेटर शिवनारायण चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको छ।

जनकपुरले चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको सोमबार घोषणा गरेको हो। जनकपुरको टोली हाइ पर्फमेन्स क्याम्पका लागि भारतको तमिलनाडु जानुअघि चन्द्रपललाई प्रशिक्षक घोषणा गरेको हो।

यसअघि चन्द्रपल क्यारेबियन प्रिमियर लिग जमैका तलाहवाज र अमेरिकी महिला टोलीको प्रशिक्षक रहिसकेका छन्। पहिलो सिजनमा जनकपुरले पुबुदु दसानायकेलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो। पुबुदुले पहिलो सिजनमै जनकपुरलाई उपाधि दिलाएका थिए। पुबुदु यूएईको प्रशिक्षक बनेपछि जनकपुरले नयाँ प्रशिक्षक ल्याएको हो।

प्रकाशित: २७ असोज २०८२ ११:४२ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast