जेनजी प्रदर्शन : मेयर बालेनले दिए प्रधानमन्त्री ओलीलाई ‘आतंककारी’ को संज्ञा

हिमाल प्रेस २४ भदौ २०८२ ६:०६
60
SHARES
जेनजी प्रदर्शन : मेयर बालेनले दिए प्रधानमन्त्री ओलीलाई ‘आतंककारी’ को संज्ञा

काठमाडौँ- जेनजी पुस्ताको प्रदर्शनमा दमन गरी १९ जनाको हत्या र चार सयभन्दा बढी घाइते गराएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंककारीको संज्ञा दिएका छन्।

सोमबार राति सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले प्रधानमन्त्री ओलीलाई भने,‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतंक वादी होस।#kpoliisterriorist’

सोमबार जेनजी पुस्ताले भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जाल बन्द, नेताका छोराछोरीको विलाशी जीवनशैलीलगायतविरुद्ध देशव्यापी प्रदर्शन गरेका थिए।

सो क्रममा नेपाल प्रहरी गोली चलाउँदा १९ जनाको मृत्यु र चार सयभन्दा बढी घाइते भएका थिए। सोमबार नै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए।

प्रकाशित: २४ भदौ २०८२ ६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast