
काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ। ६ खेलमा चार वटा खेल हारेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
यसअघि नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो। नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य नेपालले पूरै २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो।
प्रकाशित: ६ भदौ २०८२ १८:५१
प्रतिक्रिया