कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवाको खालबाड ८ पक्राउ

हिमाल प्रेस ५ भदौ २०८२ ९:०७ | Thursday, August 21, 2025
कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवाको खालबाड ८ पक्राउ फाइल तस्बिर

काठमाडौँ- कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन्।

बुधबार राति साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहितका व्यक्तिहरु छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी उनीहरुलाई दुई लाख १३ हजार २७० रुपैयाँ र साढे चार हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित: ५ भदौ २०८२ ९:०७ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast