
काठमाडौँ- कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन्।
बुधबार राति साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहितका व्यक्तिहरु छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी उनीहरुलाई दुई लाख १३ हजार २७० रुपैयाँ र साढे चार हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ५ भदौ २०८२ ९:०७
प्रतिक्रिया