विश्वकप तयारी : अस्ट्रेलियाको डार्विनमा आज नेपाल र नर्दर्न टेरिटोरी स्ट्राइकर भिड्दै

हिमाल प्रेस ३० साउन २०८२ १०:४८
14
SHARES
विश्वकप तयारी : अस्ट्रेलियाको डार्विनमा आज नेपाल र नर्दर्न टेरिटोरी स्ट्राइकर भिड्दै

काठमाडौँ- अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी-२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ।

नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २:१५ बजे खेल सुरु हुनेछ। ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो।

प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ।

प्रकाशित: ३० साउन २०८२ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast