एसईई नन-ग्रेडेड विद्यार्थीका लागि एनएनटीएले सञ्चालन गरेको अनलाइन कक्षा समापन

हिमाल प्रेस २८ साउन २०८२ १०:३८
22
SHARES
एसईई नन-ग्रेडेड विद्यार्थीका लागि एनएनटीएले सञ्चालन गरेको अनलाइन कक्षा समापन

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन–ग्रेडेड विद्यार्थीका लागि सञ्चालन गरेको अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका अनलाइन सहजिकरण कक्षा सम्पन्न भएको छ।

यो अनलाइन कक्षा गत असार ३० गते प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा भर्चुअल रूपमा उद्घाटन भएको थियो भने समापन यही साउन २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो।

संगठनका अध्यक्ष हंसबहादुर शाही र महासचिव प्रकाश खनालले कार्यक्रमको सफलतामा मूल समिति, विषयगत समिति, प्राविधिक समिति, विषयगत शिक्षकहरू, अभिभावक, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

संगठनका अध्यक्ष शाही र महासचिव खानालले विद्यार्थीहरूले देखाएको उत्साह, लगाव र सक्रिय सहभागिताले सबैलाई गौरवको अनुभूति दिलाएको बताए। उनीहरूले बिहीबार (साउन २९ गते) हुने परीक्षामा विद्यार्थीहरू उत्कृष्ट सफलता प्राप्त गर्ने शुभकामना व्यक्त गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरे।

यस्तो छ प्रेस विज्ञप्ति

प्रकाशित: २८ साउन २०८२ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast