सांकेतिक तस्बिर।
चितवन- नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गंगा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनको कोठाबाट एक हजार रुपैयाँ दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए। उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए।
प्रकाशित: २६ पुष २०७९ ९:३२ | Tuesday, January 10, 2023
प्रतिक्रिया





