बस्तीमा छिरेको बाघले ६० वर्षीय व्यक्तिलाई घाइते बनायो

हिमाल प्रेस ३१ साउन २०८३ १२:३८ | Sunday, August 16, 2026
8
SHARES
बस्तीमा छिरेको बाघले ६० वर्षीय व्यक्तिलाई घाइते बनायो

काठमाडौँ- चितवनको राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएको नेपाल प्रहरीले जनाएको छ।

आज बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ३१ साउन २०८३ १२:३८ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast