तास खेलिरहेका रास्वपा कार्यकर्तासहित ११ जुवाखालबाट पक्राउ

हिमाल प्रेस १८ साउन २०८३ ६:२१ | Monday, August 3, 2026
26
SHARES
तास खेलिरहेका रास्वपा कार्यकर्तासहित ११ जुवाखालबाट पक्राउ फाइल तस्बिर।

काठमाडौँ- प्रहरीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० बाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्पको पछाडि रहेको तनहुँ घर भएका कमलबहादुर न्यौपानेको सञ्चालन गरेको विकल्प खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा जुवाडेहरू पक्राउ परेका हुन् ।

जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको चितवनका एसपी रामेश्वर पौडेलले बताए । पक्राउ पर्नेमा कँडेल चोक बस्ने वर्ष ४० का मनोज पौडेल सहितका आरोपीहरू छन् । पौडेल रास्वपाका चितवनका स्थानीय कार्यकर्ता हुन् ।

पक्राउ पर्नेमा पौडेल सहित खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, भरतपुर–७ बस्ने ध्रुव कोइराला, भरतपुर–९ बस्ने रबिन काफ्ले, सुरेश खनाल, चिरन तिवारी, मनोज सुवेदी, वीरेन्द्र गिरी, नवीन जोशी, अमित कोइराला र ५० वर्षीय मोती शर्मा छन् ।

प्रकाशित: १८ साउन २०८३ ६:२१ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast