काठमाडौँ – जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीहरूको सम्बन्धमा आवश्यक छानबिन गर्न समिति गठन भएको छ ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयबाट एक जना र राष्ट्रिय अनुसन्धान विभागबाट थप एक जना सदस्य राखिएको छ ।
समितिलाई यथासक्य छिटो प्रतिवेदन बुझाउन भनिएको छ । हिजो शनिबार ८ जना कैदीबन्दी कारागारमुनि झण्डै चार मिटर लामो सुरुङ खनेर भागेका थिए ।
प्रकाशित: १५ कार्तिक २०८३ १३:३७ | Sunday, November 1, 2026
प्रतिक्रिया



