बाढी पहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित,१७ घरमा पूर्ण क्षति

हिमाल प्रेस १५ कार्तिक २०८३ १३:४८ | Sunday, November 1, 2026
4
SHARES
बाढी पहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित,१७ घरमा पूर्ण क्षति

म्याग्दी– बाढी पहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढी पहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् ।

गाउँपालिकाका अनुसार विपद्‌बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं ५ को छिसवाङ, वडा नं २ को भाइवाङ र वडा नं ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

पहिरोबाट विस्थापित गाउँपालिका–३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटा बस्ती संरक्षण र पहिरो नियन्त्रणका निम्ति स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिँदै त्यसो नगरे आगामी वर्षायाममा अझ क्षति हुने बताउँछन् ।

छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ । सिँचाइ तथा खानेपानी आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: १५ कार्तिक २०८३ १३:४८ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast