सरकारका गलत क्रियाकलापका कारण प्रतिगामी शक्तिहरू सलबलाउन थालेका छन् : प्रचण्ड

हिमाल प्रेस ६ वैशाख २०८२ १५:४९ | Saturday, April 19, 2025
सरकारका गलत क्रियाकलापका कारण प्रतिगामी शक्तिहरू सलबलाउन थालेका छन् : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको गलत क्रियाकलापले प्रतिगामी तत्वहरू सलबलाउन थालेको बताएका छन्।

शनिबार काठमाडौँको वसन्तपुरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको खबरदारीसभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रतिगामी तत्वहरूले आफ्ना गतिविधि अगाडि बढाए पनि उनीहरूको चाहना पूरा हुन नदिने प्रचण्डले बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापले प्रतिगामी तत्वहरू धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको आरोप लगाए।

उत्पीडित समुदायको अधिकारका लागि वितगमा लडाइँ गरे पनि पछिल्लो समय एकतामा कमी आएको उनले स्वीकार गरे। यसबारे आत्मलोचना गर्दै उत्पीडित जाति र वर्गको अधिकारका लागि अहिले अगाडि बढेको प्रचण्डले उल्लेख गरे।

विगतमा कहिले एउटासँग कहिले अर्कोसँग सहमति गर्दा पार्टीले ठूलो क्षति बेहोर्नुपरेको उनको भनाइ छ।

प्रचण्डले यथास्थितिवाद र प्रतिगमनकारीविरूद्ध अगाडि बढ्नुपर्ने समय आएको उल्लेख गरे।

प्रकाशित: ६ वैशाख २०८२ १५:४९ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast