ओली नेतृत्वको सरकार चाँडै ढल्छ : प्रचण्ड

हिमाल प्रेस ५ वैशाख २०८२ २१:५५
86
SHARES
ओली नेतृत्वको सरकार चाँडै ढल्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकार ढल्ने कुरा सत्य नभएको बताइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन्।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले शुक्रबारमात्रै भरतपुरमा आयोजित एक कार्यक्रममा सरकार ढल्ने कुरा सत्य नभएको बताएका थिए।

तराई–मधेश हुलाकी राजमार्ग जागरण अभियानका क्रममा कपिलवस्तुको बहादुरगञ्जमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न लागिपरेको भन्दै चाँडै ढल्ने बताए।

सरकार बिचौलियाहरूले चलाउन थालेको र भ्रष्टाचारमा डुबेको उनले आरोप लगाए। प्रचण्डले कुलमान घिसिङलगायतका उत्कृष्ट कर्मचारीहरूलाई हटाएर सरकारले गलत गरेको जिकिर गरे।

भूमिहीनलाई अधिकार दिलाउन र भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा आफ्नो नेतृत्वको सरकार ढाल्न लगाइएको प्रचण्डले बताए।

प्रकाशित: ५ वैशाख २०८२ २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast