जसपा नेपालले गठन गर्‍यो केन्द्रीय परिसंघ

हिमाल प्रेस ३० चैत २०८१ १९:०६ | Saturday, April 12, 2025
जसपा नेपालले गठन गर्‍यो केन्द्रीय परिसंघ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिक अधिकार, समनाता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि संघर्ष गर्न केन्द्रीय परिसंघ गठन गरेको छ।

जसपा नेपालले थारू, महिला, दलित, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक समुदायसँग सम्बन्धीत संघ÷संगठन, संस्था र व्यक्तिसम्मलित ४१ सदस्यीय परिसंघ गठन गरेको हो।

बालकुमारीस्थित पार्टी कार्यालयमा शनिबार अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकले केन्द्रीय सदस्य चन्देश्वर पासवानको नेतृत्वमा जसपा नेपाल परिसंघ गठन गरेको हो। परिसंघको केन्द्रीय सल्लाहकारमा पीके ठाकुर चयन भएका छन् भने आगामी बैठकबाट महासचिवको टुंगो लगाइने बताइएको छ।

नवगठित परिसंघको केन्द्रीय सहसंयोजकमा आदिवासी जनजातिबाट पञ्चारम तामाङ, पिछडावर्गबाट भरतप्रसाद महतो, मुस्लिमबाट युसुफ अली, थारूबाट रामआश्रय चौधरी र दलितबाट सुनिता मरिक सर्वसम्मतले चयन भएका छन्।

केन्द्रीय सचिवमा आदिवासी जनजातिबाट सोनाम याक्खा, पिछडावर्गबाट पञ्चराम तामाङ, मनाई महतो, मुस्लिमबाट शशिकपुर मियाँ, थारूबाट मानन चौधरी र दलितबाट प्रदीप घताल चयन भएका छन्।

बैठकले आगामी वैशाख ३१ वीरगञ्जको टाउन हलमा परिसंघको प्रथम खबरदारी सभा गर्ने निर्णय गरेको छ। परिसंघको नेतृत्व चयनसँगै प्रमुख उद्देश्यसहितको ३२ बुँदे अवधारणापत्रसमेत जारी गरिएको छ।

प्रकाशित: ३० चैत २०८१ १९:०६ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast