काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको अहिले अस्वस्थ छन्। उनी
काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छन्। उनको मुटुको पेसमेकरको समस्याले अस्पताल भर्ना भएका हुन्।
जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाका अनुसार शनिबार उनको पेसमेकरका सफलतापूर्वक प्रतिस्थापन भयो। यसअघि उनले भारतको अस्पतालमा पेसमेकर लगाएका थिए।
उपचार सफल भई ठाकुरको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।
प्रकाशित: २१ भदौ २०८३ ६:३६ | Sunday, September 6, 2026
प्रतिक्रिया


