आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस २९ चैत २०८१ १८:३६ | Friday, April 11, 2025
आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन्।

शुक्रबार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुरुङले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय होस् भन्ने आफूहरुले चाहेको र यसका लागि अधिकतम सहमति खोज्ने बताए।

मन्त्री गुरुङले दुईतिहाई दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे। कांग्रेस–एमालेबीच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाको सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरु पहिल्याउने कार्य भइरहेको उनले बताए।

गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयहरुलाई साझा एजेण्डा बनाउँदै प्रतिपक्षी दलहरुसँग छलफल हुने उल्लेख गरे।

प्रकाशित: २९ चैत २०८१ १८:३६ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast