अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

हिमाल प्रेस १३ चैत २०८१ १९:४९
28
SHARES
अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँची- अर्घाखाँचीको भुवनपाटामा आज (बुधबार) साँझ भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

शितगंगा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए।

प्रकाशित: १३ चैत २०८१ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast