विप्लवले भने- सरकारले शिक्षक कर्मचारीलाई दुःख दिएको छ, विधेयक पारित गराउन पहल गर्छु

हिमाल प्रेस १३ चैत २०८१ १३:१० | Wednesday, March 26, 2025
विप्लवले भने- सरकारले शिक्षक कर्मचारीलाई दुःख दिएको छ, विधेयक पारित गराउन पहल गर्छु

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले विद्यालय शिक्षा विधेयक–२०८० संसद्‌बाट यथाशीघ्र पारित गराउनका लागि आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन्।

आन्दोलनरत नेपाल शिक्षक महासंघसँग भेटघाटमा आज ‘विप्लव सी’ले आफू सरकार, संसद् कतै नभए पनि समाजवादी मोर्चाका माध्यममार्फत शिक्षा विधेयक यथाशीघ्र पारित गराउन पहल गर्ने   बताए।

‘विप्लव सी’ को भनाइ उद्घृत गर्दै महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्,‘शिक्षक कर्मचारीलाई सरकारबाट दुःख दिने काम भइरहेको छ। विषयगत समितिबाट शिक्षा विधेयक पारित भई संसद्‌बाट पनि पारित भएर ऐन बन्नुपर्ने हो। ढिलाइ भइरहेको छ। यो विषय मैले हाम्रो समाजवादी मोर्चामा राख्छु। त्यहाँ अन्य जिम्मेवार साथीहरू हुनुहुन्छ। शिक्षा विधेयक पारित गराउन मैले कुनै कसर बाँकी राख्दिनँ। महासंघले गरेको आन्दोलनमा मेरो र पार्टीको तर्फबाट ऐक्यबद्धता छ।’

मोर्चामा नेकपासहित संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी छन्। नेकपा एकीकृत समाजवादीबाट शिक्षा समिति सभापति अम्मरबहादुर थापा छन्।

प्रकाशित: १३ चैत २०८१ १३:१० | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast