पहिलो दिनको एसईई देशभर शान्तिपूर्ण, केही केन्द्रमा ढिलाइ

हिमाल प्रेस ७ चैत २०८१ १३:३५ | Thursday, March 20, 2025
पहिलो दिनको एसईई देशभर शान्तिपूर्ण, केही केन्द्रमा ढिलाइ त्रिजुद्र महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय बिर्तामा बिहीबारदेखि सुरु भएको एसईईमा सहभागी हुँदै विद्यार्थी। यो केन्द्रबाट चार सय २७ विद्यार्थी परीक्षामा सहभागी छन्। तस्बिर : हिमाल लम्साल/रासस

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन बिहीबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएका छन्। अध्यक्ष शर्माले हिमालप्रेससँग भने, ‘एसईईको पहिलो दिन केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ।’

साथै उनले जुम्लाको एक परीक्षा केन्द्रमा एउटा विषयको परीक्षा ढिलो सुरु भएको जानकारी दिए। मधेश प्रदेशमा एसईईको प्रश्नपत्र बाहिरिएकोबारे बोर्डलाई कुनै खबर प्राप्त नभएको उनले स्पष्ट पारे।

देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा आज बिहान ८ देखि ११ बजेसम्म परीक्षा भएको थियाे। यसवर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी छन्।

एसईई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ७ चैत २०८१ १३:३५ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast