शिक्षा ऐन माग गर्दै जसपा, लोसपा र जनमोर्चा कार्यालयमा महासंघको धर्ना [तस्बिरहरू]

हिमाल प्रेस ४ चैत २०८१ १५:५१
582
SHARES
शिक्षा ऐन माग गर्दै जसपा, लोसपा र जनमोर्चा कार्यालयमा महासंघको धर्ना [तस्बिरहरू]

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग गर्दै तीन राजनीतिक दलको कार्यालय, काठमाडौँमा धर्ना दिएको छ। महासंघले लोकतान्त्रि समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी, नेपाल (जसपा) कार्यालयमा धर्ना दिएको हो।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले जसपा, लोसपा र जनमोर्चा पार्टीको केन्द्रीय कार्यालयमा महासंघका राष्ट्रिय समितिका अध्यक्ष, सहअध्यक्ष र महासचिवको नेतृत्वमा छुट्टाछुट्टै तीन स्थानमा धर्ना दिइएको जानकारी दिए।

योगीले प्रतिनिधिसभाको जारी हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी हुनुपर्ने बताए।  संसदीय कार्यबारे योगीले भने, ‘प्रतिनिधिसभाको यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न आवश्यक छ। तर सरकारले यसप्रति बेवास्ता गरेको छ। यो संसदीय मर्यादाको उल्लंघन हो र हामी यसमा गम्भीर असहमत छौं।’

महासचिव योगीका अनुसार परिषद् शिक्षा क्षेत्रमा सुधारका लागि दबाब बनाउनको लागि निरन्तर प्रदर्शन गर्दै जानेछ।

हाल विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा छ। उक्त विधेयक प्रतिनिधिसभाबाट पारित गरी ऐनको रुप दिनुपर्ने माग गर्दै महासंघले सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा धर्ना दिइसकेको छ।

शिक्षक महासंघको अडान- ऐन नआएसम्म आन्दोलन चर्किन्छ

शिक्षकलाई निजामती सरह निवृत्तिभरण दिनुपर्ने प्रस्ताव

प्रकाशित: ४ चैत २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast