रावल-ओली टकराव : रावलले लगाए ओलीलाई यस्ता आरोप

हिमाल प्रेस ६ फागुन २०८१ ८:२६ | Tuesday, February 18, 2025
रावल-ओली टकराव :  रावलले लगाए ओलीलाई यस्ता आरोप एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल। फाइल तस्बिर

काठमाडौँ- पूर्वगृहमन्त्री भीम रावल मातृभूमि अभियान लिएर देश दौडाहामा छन्। ५० वर्ष एमालेबाट राजनीति गरेका रावल केही समयअघि एमालेबाट निकालिएपछि नयाँ अभियान लिएर हिँडिरहेका छन्।

उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत कुण्ठाका कारण आफू एमालेबाट निकालिएको बताइरहेका छन्। उनी ओली व्यक्तिगत कुण्ठाले ग्रस्त नेता भएको बताइरहन्छन्। पछिल्लो समय ओलीलाई रावलले १५ केही कटाक्ष गरेका छन्। प्रधानमन्त्री समेत रहेका ओली जनताप्रति जिम्मेवार नभएको रावलले आरोप लगाएका छन्।

फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाई गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्त्वपूर्ण पद र अवसर दिने तर आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई ‘कारबाही’को डन्डा चलाउने कार्यले पनि उनी पार्टी र जनताप्रति इमानदार नरहेको प्रस्ट हुने रावलको भनाइ छ।

प्रकाशित: ६ फागुन २०८१ ८:२६ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast