घर्ती गाउँबाट होलेरी जाने क्रममा जिप दुर्घटना, शिक्षिका घाइते

हिमाल प्रेस २६ माघ २०८१ १२:१२
4
SHARES
घर्ती गाउँबाट होलेरी जाने क्रममा जिप दुर्घटना, शिक्षिका घाइते

काठमाडौँ- रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका-७ नन्दीखोला नजिकै शुक्रवार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार घर्ती गाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको गंगादेव गाउँपालिका-२ का २९ वर्षीया सीता खड्काको मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु हुने महिला रुन्टीगढी गाउँपालिका-९ स्थित जनकल्याण माविका शिक्षिका हुन्।

दुर्घटनामा परी शिक्षिकाका दुई छोरा घाइते भएका छन्। ३ वर्षीय सौरभ ओली र १८ महिनाका सुप्रिम ओली गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

घटनास्थल पुगेका रोल्पाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रोहितकुमार शाहीले दुवै बालकको उपचार र हेरचाहको लागि दाङ पठाइएको जानकारी दिए। गाडी चालक भने फरार छन्।

प्रकाशित: २६ माघ २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast