काठमाडौँ– शिक्षा ऐनका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेसबुकमा रातो स्टिकर टाँसेर आजबाट आन्दोलन सुरु गरेको छ। १६ र १७ गते काठमाडौँमा बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो।
चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आजबाट महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीलगायत सबै शिक्षक तथा कर्मचारीले फेसबुकवालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखेका छन्।
आन्दोलनअन्तर्गत माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम छ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक-२०८० संसद्को जारी हिउँदे अधिवेशनबाट शिक्षा ऐनको रूपमा आउनुपर्ने मुख्य माग महासंघको छ।
चरणबद्ध आन्दोलनमा उत्रियो शिक्षक महासंघ [कार्यक्रम तालिकासहित]
यस्ता छन् शिक्षा ऐनमा समावेश गरिनुपर्ने शिक्षक महासंघका २२ माग [सूचीसहित]