शिक्षक महासंघले पूर्वप्रधानमन्त्री नेपाललाई गरायो आन्दोलनबारे जानकारी

हिमाल प्रेस १८ माघ २०८१ १०:५७
530
SHARES
शिक्षक महासंघले पूर्वप्रधानमन्त्री नेपाललाई गरायो आन्दोलनबारे जानकारी

काठमाडौँ- नेपाल शिक्षक महासंघले तत्काल विद्यालय शिक्षा ऐन जारी गराउन पहलकदमी लिइदिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालाई आग्रह गरेको छ।

शिक्षा ऐन जारी गराउन दबाबस्वरूप बिहीबार चरणबद्ध आन्दोल घोषणा गरेको महासंघले सांसदसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आज बिहान भेटेर सो आग्रह गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माधवकुमार नेपालसँग भेटघाट गरी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन पहलकदमी लिइदिन आग्रह गर्नुका साथै आन्दोलनबारे पनि जानकारी गराइएको बताए।

महासंघले यही माघ २० गतेबाट चरणबद्ध आन्दोलन सुरु गर्दैछ।

यस्ता छन् शिक्षा ऐनमा समावेश गरिनुपर्ने शिक्षक महासंघका २२ माग [सूचीसहित]

चरणबद्ध आन्दोलनमा उत्रियो शिक्षक महासंघ [कार्यक्रम तालिकासहित]

प्रकाशित: १८ माघ २०८१ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast