काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राम्रो भएको जनताले अहिले आएर बुझेको बताएका छन्।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार आयोजना गरेको ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
एमसीसी देश विकासका लागि राम्रो भएको अहिले सर्वसधारणले बुझएको उल्लेख गर्दै देउवाले एमसीसी पास गराउन धेरै गाह्रो भएको स्मरण गरे।
संसदबाट एमसीसी पास गराउने बेलामा चर्को विरोध भए पनि अहिले आएर राम्रो रहेछ भनेर सबैले थाहा पाएको उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्रीसमेत रहेको सभापति देउवाले उद्योग खोल्ने र व्यापार गर्ने काम सरकारको नभएको भन्दै यो काम उद्योगपितले गर्ने बताए।
कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने उनको भनाइ छ।