रवि लामिछाने : शुक्रबार काठमाडौँ आइपुगे, आज अदालत जाँदै

हिमाल प्रेस २८ पुष २०८१ ८:१९ | Sunday, January 12, 2025
रवि लामिछाने : शुक्रबार काठमाडौँ आइपुगे, आज अदालत जाँदै रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- ८४ दिन हिरासत बसेर बिहीबार छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने भएका छन्।

उनी निकट स्रोतका अनुसार उनी शुक्रबार काठमाडौँ आइपुगेका हुन्। बिहीबार रिहा भएपछि पार्टी कार्यकर्ता र परिवारसँग भेटघाट गरेर स्थलमार्गमार्फ काठमाडौँ आएका थिए।

उनको पारिवारिक स्रोतका अनुसार शुक्रबार ढिला भएकाले आज मात्र अदालतमा उपस्थित हुन लागेका हुन्। उनी पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्कीमा हिरासत बसेका थिए। अदालतले धरौटीमा रिहा हुने आदेश दिएको थियो।

उनीविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ।

प्रकाशित: २८ पुष २०८१ ८:१९ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast