हर्क साम्पाङले अख्तियारलाई पठाए जबाफी पत्र (पत्रसहित)

हिमाल प्रेस २७ पुष २०८१ ९:३९ | Saturday, January 11, 2025
हर्क साम्पाङले अख्तियारलाई पठाए जबाफी पत्र (पत्रसहित)

काठमाडौँ- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जबाफी पत्र पठाएका छन्।

शुक्रबार प्रमुख सापाङले अख्तियारले पठाएको श्रम संस्कृति पार्कबारेको पत्रको जबाफ दिँदै फोहोरै फोहोर रहेको पार्कलाई बगैँचाको रूपमा परिणत गरेको बताएका छन्।

साम्पाङले पठाएको पत्रको जबाफमा ऐन विपरीत कुनै किसिमको योजना नगरिएको उल्लेख छ। ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो। बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु, जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन्।’

उनले पत्रमा भनेका छन्, ‘सरकारी पैसा प्रयोग भएको छैन। दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न। नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ।’

प्रकाशित: २७ पुष २०८१ ९:३९ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast