संविधानको आधारभूत संरचनालाई तलमाथि गरे गम्भीर खतरा आउन सक्छ : साम्पाङ

हिमाल प्रेस २२ असार २०८३ १६:०३ | Monday, July 6, 2026
8
SHARES
संविधानको आधारभूत संरचनालाई तलमाथि गरे गम्भीर खतरा आउन सक्छ : साम्पाङ

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानको आधारभूत संरचनालाई तलमाथि गर्न खोजिए मुलुकमा गम्भीर समस्या हुने खतरा रहेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बिषेश समय लिएर बोल्दै अध्यक्ष साम्पाङले संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सकिने भन्दै जथाभावी संशोधन गरे मुलुकमा गम्भीर समस्या हुने खतरा रहेको बताएक हुन्।

उनले प्रतिपक्ष भनेको पनि सरकारकै एउटा हिस्सा अर्थात गभर्मेन्ट इन वेटिङ भएकोले आफूहरूले दिएका रचनात्मक सल्लाह र सुझावलाई सरकारले सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।

उनले नेपालमा हुने सडक वा अन्य दुर्घटनाहरूको सूक्ष्म अनुसन्धान हुनुपर्नेमा समेत जोड दिए। प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि आधारभूत शिक्षा र सूचनाको व्यवस्था गर्न उनले सरकारलाई सुझाव दिए।

उनले मलको अभावलाई लिएर सरकारलाई मात्र दोष दिने प्रवृत्तिको आलोचना गर्दै, आयातमा मात्र निर्भर नभई देशभित्रै मल उत्पादन गर्ने नीति लिनुपर्ने बताए।

अध्यक्ष साम्पाङले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन माग गरे।

प्रकाशित: २२ असार २०८३ १६:०३ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast