काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ । जसअन्तर्गत उद्घाटनसत्रमा विभिन्न राजनीतिबक दलका प्रमुख नेताहरुलाई रास्वपाले उपस्थितिको लागि निम्तो पठाइएको थियो ।
उक्त कार्यक्रममा व्यस्तताका कारण देखाउँदै श्रम संस्कृति पार्टीबाट कोही पनि सहभागी नहुने सांसद आरेन राईले बताएका छन् । महाधिवेशन उद्घाटनसत्रमा नेपाली कांग्रेसबाट नेत्री पुष्पा भुसाल, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन को सहभागी रहनेछन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पनि उपस्थिति हुनेछ ।
रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु भएर असार ९ गतेसम्म चल्नेछ ।
प्रकाशित: ७ असार २०८३ १०:५९ | Sunday, June 21, 2026
प्रतिक्रिया




