फाइल तस्बिर
काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन अपिल गरेका हुन्।
उनले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्वसूचना तथा आधिकारिक जानकारी आदानप्रदान अत्यन्त संवेदनशील र अनिवार्य रहेको धारणा राखे। जमिन चिरा परेको र थप पहिरोको जोखिम हुन सक्ने भएकाले उद्धारमा खटिने टोली स्वयं पनि उच्च सतर्क र सजग हुनुपर्ने उनले सुझाव दिए।
उनले सामाजिक सञ्जाल र एआई निर्मित भ्रामक सामग्रीहरू आधिकारिक हुन नसक्ने भएकाले तथ्यपरक सूचनामा मात्र भर पर्नुपर्ने बताए।
प्रकाशित: १० भदौ २०८३ १५:३८ | Wednesday, August 26, 2026
प्रतिक्रिया


