सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन श्रम संस्कृतिको माग

हिमाल प्रेस १४ असोज २०८३ १४:३९ | Wednesday, September 30, 2026
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन श्रम संस्कृतिको माग

काठमाडौँ- श्रम संस्कृति पार्टीका सांसदहरुले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री अभिव्यक्ति राष्ट्रघाती भएकाले रोस्टमबाटै सच्याइनुपर्ने वा संसदको रेकर्डबाट हटाइनुपर्ने माग लामो समयदेखि गरिँदै आएको स्मरण गराएका हुन्।

बैठक सुरु हुनेबितिकै श्रम संस्कृतिका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसद अम्बिका देवी संग्रौलालाई समय दिएका थिए।

उनले गत जेठ १७ गते संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताइन्।

उक्त अभिव्यक्ति सच्चाउनुपर्ने वा रेकर्डबाट हटाउनुपर्ने माग सम्बोधन नभएकाले उक्त विषय कहिलेसम्म सम्बोधन हुन्छ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित: १४ असोज २०८३ १४:३९ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast