नागढुंगा-मुग्लिन सडक आजदेखि ५ घण्टा बन्द हुने

हिमाल प्रेस ५ मंसिर २०८३ ७:२४ | Saturday, November 21, 2026
नागढुंगा-मुग्लिन सडक आजदेखि ५ घण्टा बन्द हुने फाइल तस्बिर।

काठमाडौँ- नागढुंगा-मुग्लिन सडक खण्ड आज (शनिबार)देखि दिउँसो पाँच घण्टा बन्द हुने भएको छ।

घोप्टेभीरमा लगातार खसिरहेको पहिरोका कारण शनिबारदेखि अर्को सूचना नभएसम्म दैनिक पाँच घण्टा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचना जारी गरी शनिबारबाट बिहान ११ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द गरिने जनाएका छन्।

घोप्टेभीरमा लगातार पहिरो खसिरहेकाले आवागमन बन्द गरेर पहिरो पन्छाइने सूचनामा उल्लेख छ। दिउँसो सडक बन्द गरेर जोखिमयुक्त ढुंगा, माटो हटाउने कार्य सुरु गर्ने निर्णय भएको स्थानीय प्रशासनले जनाएको छ।

यो अवधिमा नागढुंगा–मुग्निल सडकखण्डमा सबै प्रकारका सवारी साधन आवागमन बन्द गरिने छ। पहिरो पन्छाएपछि मात्रै सडक आवागमन नियमित गरिने शर्माले बताए।

घोप्टेभीरमा बिहीबार पहिरो खसेको थियो। पहिरो खस्ने क्रम रोकिएको छैन। जसले गर्दा पहिरो पन्छाउन पनि कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८३ ७:२४ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast