फाइल तस्बिर
काठमाडौँ- धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक फेरि दुईतर्फी सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब ५ बजे खसेको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन लामो जाममा परेका थिए र यात्रुहरू अलपत्र भएका थिए।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार करिब १० घण्टा लगाएर पहिरो हटाइएपछि सडक सुचारु भएको हो।
ठूलो पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि सडक विभागले काठमाडौँ भित्रिने र बाहिरिने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो।
प्रकाशित: ७ असोज २०८२ १५:३७ | Tuesday, September 23, 2025
प्रतिक्रिया


