एमालेले भन्यो : सरकारले अझै बढी काम गर्नुपर्छ

हिमाल प्रेस १८ पुष २०८१ १६:३३
10
SHARES
एमालेले भन्यो : सरकारले अझै बढी काम गर्नुपर्छ

काठमाडौँ- एमालेले नागरिकलाई सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन्। त्यस्तै, नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ।

पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताए। उनले राजनीतिक प्रतिवेदनका मुख्य-मुख्य विषयहरूमा छलफल भएको पनि बताए। उनले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताए।

नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरूका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए। साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताए। सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष पार्टीको रहेको बताए।

‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरूमा छलफल गरेका छौँ। सरकार गठन यतापटिको ६ महिनाको समीक्षा गरिएको छ,’ उनले भने, ‘त्यसमा सरकारले केही महत्वपूर्ण उपलब्धिहरू हाँसिल गरेको, केही महत्वपूर्ण कामहरू भएको छ। थुप्रै कामहरू गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ। अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ।’ उपमहासचिव ज्ञवालीले नेता भीम रावललाई पार्टीले गरेको कारबाही सही रहेको बताए।

प्रकाशित: १८ पुष २०८१ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast