स्रोत नखुलेको ९२ लाख रकमसहित पक्राउ परेका तीन जना सार्वजनिक

हिमाल प्रेस ११ पुष २०८१ २१:१० | Thursday, December 26, 2024
स्रोत नखुलेको ९२ लाख रकमसहित पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई आज (बिहीबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर–४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरु शंकास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यही पुस ९ गते पक्राउ गरी आज सार्वजनिक गरेका छौँ।’

पक्राउ परेकामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: ११ पुष २०८१ २१:१० | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast