काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनयता लगातार घटिरहेको छ। यस क्रममा आज (सोमबार) बिहान ५ः४५ बजे मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे मापन हुन्छ, त्यसबेला थप घट्ने सम्भावना हुन्छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ।
प्रकाशित: ८ पुष २०८१ ६:२३
प्रतिक्रिया