कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

हिमाल प्रेस २० मंसिर २०८१ १८:३५
12
SHARES
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

काठमाडौँ- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्। २०६७ असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज (बिहीबार) काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो। दोलखाको वैतेश्वर गाउँपालिका-१ बस्ने ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी प्रहरीले जनाएको छ।

प्रकाशित: २० मंसिर २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast