शिक्षक विवरण अद्यावधिक गर्न विद्यालयलाई आग्रह

हिमाल प्रेस १६ मंसिर २०८१ १०:५१
14
SHARES
शिक्षक विवरण अद्यावधिक गर्न विद्यालयलाई आग्रह

काठमाडौँ- तनहुँको भानु नगरपालिकाले शिक्षक विवरण अद्यावधिक गर्न गराउन पालिकाअन्तर्गतका सबै विद्यालयलाई अनुरोध गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सोबारे परिपत्र गरेपछि पालिकाले विद्यालयलाई शिक्षक विवरण अद्यावधिक गर्न गराउन आग्रह गरेको हो।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले भनेको छ,‘आव २०८१/०८२ को दोस्रो त्रैमासिक माग फाराम पेस गर्दा सबै विद्यालयको शिक्षक विवरण अद्यावधिक नभएसम्म माग फाराम स्वीकृत नहुने व्यहोरा समेत सम्बद्ध सबैमा जानकारी गराइन्छ। यदि यस विवरण अद्यावधिक गर्ने क्रममा कुनै समस्या आएमा वा अन्योलता सिर्जना भएमा सोको समाधानका लागि भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।’

प्रकाशित: १६ मंसिर २०८१ १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast