गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

हिमाल प्रेस १३ मंसिर २०८१ १७:०८
90
SHARES
गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना गृहमन्त्रालय

काठमाण्डौँ– गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरेर मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानूनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको छ।

‘मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाई कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरु सेवाग्राहीले सम्बन्धित निकायका हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुख समक्ष गुनासो गर्न सकिनेछ।’

उनले गुनासो कक्षबाट मन्त्रालय र अन्तर्गतका निकायमार्फत प्रवाह हुने सेवा सम्बन्धि गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए।

‘प्राप्त गुनासो सम्बन्धित निकायका प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत प्राथमिकताका साथ सुनुवाई र फछर्यौट गर्ने व्यवस्था मिलाइएको छ,’ तिवारीले भने, ‘सम्बन्धित निकायबाट गुनासो सुनुवाई हुन सकेमा गुनासो कक्षको ईमेल [email protected], एक्स हेलाे गृह @mohagunaso फेसबुक (हेलो गृहमन्त्रालय), ह्वाट्सएप ९९८५१३६०६०३ र हुलाकमार्फत लिखित रुपमा पनि गुनासो राख्न सकिनेछ।’

गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवा थप सुदृढ बनाउन गुनासो कक्ष स्थापनामा जोड दिएका थिए।

प्रकाशित: १३ मंसिर २०८१ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast