रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

हिमाल प्रेस ५ मंसिर २०८१ ९:२० | Wednesday, November 20, 2024
रास्वपाको केन्द्रीय समिति बैठक आज पनि रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पनि बस्दैछ।

सभापति रावि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरूपलगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।

यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको हो। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय चमती वनस्थलीमा बस्ने पार्टी स्रोतले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८१ ९:२० | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast