‘समयानुकूल परिवर्तन नहुने शिक्षकलाई सुविधासहित बिदा गर्छौं’

हिमाल प्रेस २ मंसिर २०८१ १०:५६
2.1k
SHARES
‘समयानुकूल परिवर्तन नहुने शिक्षकलाई सुविधासहित बिदा गर्छौं’

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक-२०८० बाटै अबको शिक्षकको परिभाषा आउने बताएकी छन्। साथै उनले समयानुकूल चल्न नसक्ने शिक्षकलाई बिदाइ गर्ने र ऊर्जावान् शिक्षक नियुक्ति गरिने बताइन्।

मन्त्री भट्टराईले अबको शिक्षक कस्तो हुने, दक्षता के हुने परिभाषित गरेर जानुपर्ने भन्दै शिक्षकलाई दलको कार्यकर्ता नबनाई कर्मशील नागरिक बनाउने बताइन्। भएका शिक्षक जो परिवर्तन हुन चाहँदैनन्, उनीहरूलाई सुविधासहित बिदा गरेर नयाँ ऊर्जावान् शिक्षक नियुक्ति गर्ने सरकारको तयारी रहेकोसमेत उनले बताइन्।

बिहीबार (कात्तिक २९ गते) शिक्षा पत्रकार समूहले राजधानीमा गरेको ‘शिक्षा बहस’ कार्यक्रममा शिक्षामन्त्री भट्टराईले शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्ने बताइन्। यसमा सरकार पूर्णप्रतिबद्ध रहेको उनको भनाइ छ।

मन्त्री भट्टराईले शिक्षालाई व्यापारको वस्तु नभई कल्याणकारी क्षेत्र र सेवाको रूपमा अगाडि बढाउनुपर्ने बताइन्। शिक्षा क्षेत्र सामाजिक विकासको सूचकसमेत भएकाले संविधानतः अनिवार्य र निःशुल्क बनाउन सरकार लागि परेको उनको भनाइ थियो।

‘हामी शिक्षालाई सार्वजनिक क्षेत्र बनाउन सक्छौँ। तर यसका लागि संस्थागत विद्यालयको सम्बन्धमा राजनीतिक दलहरूबीच एकखाले सहमति हुन आवश्यक छ,’ शिक्षामन्त्री भट्टराईले भनिन्,‘यसका लागि संघ, प्रदेश र स्थानीय तह मिलेर संयुक्त रूपमा शिक्षा कोष बनाएर जान सकिन्छ।’

प्रकाशित: २ मंसिर २०८१ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast