बाकुबाट स्वदेश फर्कँदै राष्ट्रपति पौडेल

हिमाल प्रेस २९ कार्तिक २०८१ १८:११ | Thursday, November 14, 2024
बाकुबाट स्वदेश फर्कँदै राष्ट्रपति पौडेल फाइल तस्बिर।

बाकु (अजरबैजान)- राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप-२९)’ मा सहभागी भएर आज (बिहीबार) यहाँबाट नेपालका लागि प्रस्थान गरेका छन्। उनी बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्कनेछन्।

राष्ट्रपति पौडेललाई यहाँस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री तेमुर मुसाएभले बिदाइ गरे। अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु पुगेका थिए।

राष्ट्रपति पौडेलले कोप-२९ अन्तर्गत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए। सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरे।

प्रकाशित: २९ कार्तिक २०८१ १८:११ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast