 रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।
                             रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर। 
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापतिसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो।
यसबीचमा रास्वपाले पक्राउको विरोधमा आन्दोलन गर्दै आएको थियो। रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको दाबी गर्दै आएको छ।
‘सभापति रवि लामिछानेविरूद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै रास्वपा यस कार्यको घोर भ्रर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 