 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनरत कार्यकर्ता पक्राउ परेका छन्। आज बालुवाटारमा प्रदर्शन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रास्वपा काठमाडौँ सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी १७ जना छन्।
यता रास्वपाले भने शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको बताएको छ। रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रहरीले दमन गरेको बताएका छन्।
                            प्रकाशित: १३ कार्तिक  २०८१ १२:२० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 