कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

हिमाल प्रेस १५ असोज २०८१ ८:२०
6
SHARES
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका १ सोमबार राति ९ बजेतिर दुई मोटरसाइकल आपसमा ठोकिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा कैलालीको जानकी गाउँपालिका ८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो। चौधरीले चलाएको से ६ प ६२७९ र मल्लले चलाएको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।

मल्लको मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ कै २२ वर्षीय दीपक बोहरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। मल्ल दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै थिए। तर दुर्घटनामा परेर बाटोमै ज्यान गुमाए।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मल्ल र चौधरीलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक दुवैको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित: १५ असोज २०८१ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =