बालविकास सहजकर्तालाई पाँच दिन तालिम दिइने

हिमाल प्रेस ८ असोज २०८१ १६:२०
1.3k
SHARES
बालविकास सहजकर्तालाई पाँच दिन तालिम दिइने

काठमाडौँ- तनहुँको भानु नगरपालिकाले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्तालाई पाँच दिन तालिम दिने भएको छ। नगरपालिकाले सूचना जारी गर्दै तालिमका लागि सहजकर्तालाई उपस्थित गराइदिन प्रधानाध्यापकलाई आग्रह गरेको छ।

नगरपालिको शिक्षा, युवा तथा खेलकुद शाखाले शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिमको आयोजना गरेको हो। पहिलो चरणमा तालिम लिन बाँकी रहेका सहजकर्तालाई तालिमका लागि उपस्थित हुन आग्रह गरिएको छ।

नगरपालिकाले भनेको छ, ‘बालविकास केन्द्रका सहजकर्ता (स.का) हरूको शैक्षिक सामग्री निर्माणसम्बन्धी पाँचदिवसीय कार्यशाला सञ्चालन हुने भएकोले पहिलो चरणमा तालिम लिन बाँकी रहनुभएका भानु नगरपालिकाको स्वीकृत दरबन्दीमा कार्यरत सबै बाविके सकाहरूलाई सहभागी गराइदिनु हुन सम्पूर्ण प्रधानाध्यापकज्यूहरूमा अनुरोध छ।’

तालिम यही असोज १० गतेदेखि १४ गतेसम्म विहान १० बजेदेखि श्री होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु–२ नारेश्वरटार हुनेछ।

प्रकाशित: ८ असोज २०८१ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =