तनहुँमा ट्रक दुर्घटना, चालक बेपत्ता

हिमाल प्रेस २४ असोज २०८३ ७:१२ | Saturday, October 10, 2026
6
SHARES
तनहुँमा ट्रक दुर्घटना, चालक बेपत्ता

काठमाडौँ- तनहुँमा ट्रक दुर्घटना भएको ठाउँमा चालक बेपत्ता भएका छन्।

गएराति साढे ९ बजेतिर पृथ्वी राजमार्गमा पर्ने आबुखैरेनी गाउँपालिका ४ ठुल्ढुङ्गामा मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०४१७ नम्बारको मिनि ट्रक दुर्घटनामा परेको हो।

ट्रकमा बियर लोड गरिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल मर्स्याङ्दी नदीको किनारमा खसेको अनुमान छ।

सुरक्षाकर्मीले दुर्घटना स्थलमा गएर खोजी गर्दा ट्रक चालक फेला परेका छैनन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमाण्डमा १३ जनाको टोली खटिएको छ।

 

प्रकाशित: २४ असोज २०८३ ७:१२ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast